logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बजेट विनियोजन समानुपातिक ढंगले हुनुपर्ने व्यवस्था मिलाउन रोकाको आग्रह


अंकुरण खबर
1.482K
Shares

प्रतिनिधिसभा सदस्य कमला रोकाले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएकी छिन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै माननीय रोकाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवा र कर्मचारीको व्यवस्थापनबारे कमी रहेको जनाएकी हु्न् । रोकाले संविधानमा भूमीविहिनलाई आवासको व्यवस्था गर्ने भनिए पनि नीति तथा कार्यक्रममा यस्ता खाले प्रावधान नपरेको भन्दै उनले यसलाई समेट्न समेत सुझाव दिएकी छिन् ।

बैठकमा बोल्दै रोकाले कृषी उत्पादन तथा यसलाई आधुनिकिकरण गर्दै यान्त्रिकरण र अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिइन् । यस्तै, बजेट विनियोजन गर्दा पहुँचको आधारमा आवश्यकता भन्दा बाहिर गएको स्मरण गराउदै बजेट विनियोजन समानुपातिक ढंगले हुनुपर्ने जनाएकी छिन् । विगतका वर्षहरुमा बजेट पहुँचको आधारमा विनियोजन हुने गरेको भएपनि अहिले आवश्यकताको आधारमा गरेर देश विकासमा समानता ल्याउन आग्रह गरेकी हुन् ।

हालै कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनु पर्ने तर्क उनले गरिन । वर्तमान आवश्यकतालाई मध्येनजर नगर्दा निरन्तरको बजेट हुने भन्दै उनले त्यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

लाखौ युवाहरु बेरोजगार हुने अवस्था सिर्जना भएको भन्दै सरकारले कुन सिद्धान्तको आधारमा उनिहरुलाई व्यवस्थापन गर्छ भन्ने कुरामा पनि स्पष्ट नभएको सांसद रोकाको भनाई छ । उनले भनिन्, “देश बाहिर र भित्रका लाखौ युवाहरु कोभिड-१९ को कारणले बेरोजगार हुने अवस्था छ । ती युवाहरुलाई सरकारले कसरी व्यवस्थापन गर्छ त्यसमा ध्यानआकर्षण गराउँदै अर्थतन्त्रको बृद्धि गर्ने युवा स्वरोजगारलाई जोडने खाका तयार हुन जरुरी छ ।”

सरकारले ल्याएको नीति तथा कार्यक्रमले युवा र कर्मचारीको व्यवस्थापनबारे कमी रहेकाले सहकारीलाई स्थानीय उत्पादनसंग जोड्नु पर्ने उनको तर्क छ ।

साथै तीन तहको सरकारको साझेदारी र सहकार्यलाई बिशेष तरीकाले लिनुपर्ने भन्दै शहरी स्वास्थ्य नीति, ग्रामीण स्वास्थ्य नीति र आपतकालीन स्वास्थ्य नीति कस्तो हुने भन्ने कुरा स्पष्ट रुपमा आउन नसकेको उनले बताइन् । यसलाई पनि सिद्धान्त र प्राथमिकता माथिको छलफलले स्पष्ट पार्नेमा उनको जोड छ ।