logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली दिए भारतीय पूर्वप्रधानमन्त्री सिंहको शीघ्र स्वास्थ्य लाभको कामना


अंकुरण खबर
1.001K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको स्वास्थ्य लाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले अस्पताल भर्ना भएको खबर पाएको भन्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

भारतका पूर्व प्रधानमन्त्री सिंह छाति दुख्ने समस्यापछि आइतबार राति नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ।

८७ वर्षीय पूर्वप्रधानमन्त्री सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री पदमा आसिन थिए।