logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघका अध्यक्ष ढुंगानासहित सयभन्दा बढी पक्राउ


अंकुरण खबर
754
Shares

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानासहित १ सयभन्दा बढी कार्यकर्ता पक्राउ परेको काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका ढुंगानासहित सबैलाई रिहा गर्न माग गरेका छन् ।

पौडेलले प्रहरीले नेविसंघ अध्यक्ष ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेलगायत सयभन्दा बढीलाई पक्राउ गरिएको भन्दै निन्दा गरेका छन् । ती सबैलाई प्रदर्शनीमार्गस्थित पुरानो महेन्द्र पुलिस क्लबमा राखिएको पौडेलले बताए ।

उनीहरुले सीमा अतिक्रमण हुँदा लाचार भएर बसेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध समेत नाराबाजी गरेका थिए ।  भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा राजधानीसहित देशैभर विरोध प्रदर्शन भइरहेको छ ।