logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने


अंकुरण खबर
598
Shares

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक भोलि (बुधवार ) बिहान ११ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाइएको जनाइएको छ ।

यसअघि वैशाख २५ गतेका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकपछि अनिश्चित बनेको थियो ।