आज बसेको सर्वदलीय बैठकले भारतले नेपाली भूमि लिपुलेक प्रयोग गर्दै चीनसँग पुग्ने सडक खनेको भन्दै उक्त भूमि फिर्ता गर्न आवश्यक पहल गर्ने निष्कर्ष निकालेको छ ।
भारतको यो कदम प्रति चौतर्फी विवाद बढिरहेका बेला नेताहरुले सर्वदलीय बैठक बसी यस्तो निष्कर्ष निकालेका हुन् । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गर्नु आपक्तिको विषय रहेको ठहर गरेको छ ।