logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले भन्यो, सीमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देऊ


अंकुरण खबर
806
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको सीमा आएर अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेको र पछिल्लो चौबीस घन्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण प्राप्त भएको जनाएका छन्।

‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्,’ विज्ञप्तिमा भनिएको छ।

‘जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने९बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ’ विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय भारतले सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेका नेपालीलाई सीमासम्म ल्याएर छोडिदन थालेको छ।