काठमाडौंमा गरिएको र्यापिड डाइग्नोष्टिक टेष्ट आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ३१ जना सफाईकर्मी रहेको जनाइएको छ । बढी जनसम्पर्कमा आउने सरसफाईमा संलग्न काठमाडौं महानगरपालिकाका ९ सय ३२ जनाको नमुना संकलन गरि परीक्षण गरिएकोमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुमध्ये आरडिटी पोजेटिभ देखिएका ३१ जना मध्ये केही फोहोर संकलन गर्ने सवारी चालक र केहि नगर प्रहरी रहेको खुलेको छ ।
हालसम्म नेपालमा २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरुको रिपोर्ट पोजेटिभ देखिएसंगै निमित रुपमा सफाई गर्ने कर्मचारीमा त्रास फैलिएको छ ।