logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चीनमा कोभिड सङ्क्रमणका केस बढ्दै


अंकुरण खबर
2.327K
Shares

चीनको राजधानी बेइजिङमा कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै सङ्क्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो ।

सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् । 

‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिङमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।