प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोककी सुत्केरीको मृत्युले दुःखी तुल्याएको जनाएका छन् ।
आज ट्वीट गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवराजनमा समवेदना प्रकट गरेका हुन् । ट्वीटमा उनले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको उल्लेख गरेका छन् ।
उनले महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने पनि जनाएका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोनाका कारण मृत्यु भएकोमा दुःखी तुल्याएको बताएका छन् ।