प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई कुनै पनि हालतमा फिर्ता लिने दावी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले उक्त भुभाग फिर्ता लिने बताएका हुन् । सरकारले हिजो मात्र उक्त भुभागहरु समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।
प्रधानमन्त्री ओलीले उक्त नक्सा देखाउन मात्र जारी नगरेको बताउादै उक्त भुभाग फिर्ता लिने प्रतिबद्धता व्यक्त गरे । अब कुटनीतिक रुपमा ठोस पहल गरेर उक्त भुभाग फिर्ता लिइने उनको भनाइ छ ।
प्रधानमन्त्रीले अब यो बिषय सेलाउन नदिने बताउँदै कुटनीतिक वार्ताबाट ठोस पहल गरि भुमि फिर्ता लिने बताएका छन् ।