logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रिमियर लिग क्लबलाई समूहमा प्रशिक्षण गर्न अनुमति


अंकुरण खबर
3.887K
Shares

इंग्ल्यान्ड सरकारले प्रिमियर लिग टोलीहरूलाई कोरोना भाइरस महामारीको बीचमा समूहमा प्रशिक्षण गर्न अनुमति दिएको छ ।

कोरोना भाइरसले २०१९–२० को प्रिमियर लिग सिजन मार्चमा स्थगित गर्न बाध्य पारेको थियो । तर, लिग अधिकारीहरूले प्रशिक्षणमा फर्किएपछि जुनको मध्यबाट खेल सुरु गर्ने योजना बनाएको बताइएको छ ।

सरकारले मे १३ मा क्लबहरू सामाजिक दूरीका उपायहरूको पालना गर्दै प्रशिक्षण गर्न अनुमति दिएको थियो । त्यस्तै गत साता प्रिमियर लिग क्लबहरू साना समूहमा प्रशिक्षणमा फर्किएका थिए ।

“खेलमा फर्किनका लागि सामूहिक प्रशिक्षणको धेरै महत्त्व छ । निकट सम्पर्कमा रही खेल संरचनामा रहेर प्रशिक्षण गर्न आवश्यक छ । यसका लागि ४ देखि १२ जनासम्म खेलाडीले समूहमा प्रशिक्षण गर्न सक्नेछन्,” खेल मन्त्री निगेल इजेल हडलस्टनले भने । एजेन्सी