logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै


अंकुरण खबर
2.496K
Shares

नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि छ ।

उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन । मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको थियो ।

सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।