logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित जिल्लाको सूचीमा रुकुम पूर्व थपिएपछि सांसद रोकाद्वारा चिन्ता व्यक्त


अंकुरण खबर
1.326K
Shares

कोरोना संक्रमित जिल्लाको सूचीमा रुकुम पूर्व थपिएपछि नेकपाकी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद कमला रोकाले चिन्ता व्यक्त गरेकी छन् ।

बुधबार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सांसद रोकाले चिन्ता व्यक्त गरेकी हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा पहिलो पटक रुकुममा तीन जनामा पोजिटिभ देखिएको रोकाले जानकारी दिइन् ।

संसद बैठक चलिरहेकाले काठमाडौंमा रहेकी उनले आफ्नो तर्फबाट आवश्यक पहल र केन्द्रबाट उपलव्ध हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । स्वास्थ्य परीक्षणको दायरा बढाउनु पर्नेमा उनको जोड छ ।

साथै उनले संक्रमण फैलन नदिन सबैलाई शंका लागेमा स्वास्थ्य परीक्षण गर्न, आफू पनि सचेत रहन र अरुलाई पनि सचेतनासम्वन्धी चेतना बाँड्न आग्रह गरेकी छन् । रोकाले क्वारेन्टाइनको निर्माण गर्न र अन्य आवश्यकीय तयारी गर्न प्रशासन र स्थानीय तहसँग समन्वय र छलफल गरिरहेको समेत बताएकी छन् ।