logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधनको प्रस्ताव टेबुल गर्न गगन थापाको आग्रह


अंकुरण खबर
3.575K
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनको प्रस्ताव टेबुल गर्न आग्रह गरेका छन्।

कांग्रेसका बारेमा भ्रम सिर्जना र शंका गर्ने देशभित्र र बाहिरका सबैलाई संशोधनका पक्षमा मत दिएर एकमुष्ट जवाफ दिने थापाले बताएका हुन् ।

उनले शनिबार कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान संशोधनबारे छलफल हुने पनि उल्लेख गरेका छन्।

बिहीबार थापाले सामाजिक सञ्जालमा ट्वीट गरेका छन्, ‘पर्सी १७ गते केन्द्रीय समितिको बैठकबाट कांग्रेसका बारेमा भ्रम सिर्जना गर्ने र शंका गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिनेछौं,’ ‘प्रधानमन्त्रीज्यू अब त भन्न केही बाँकी नहोला। प्रस्ताव भोलि टेबुल गर्नुस्। हामी पर्सी बैठकबाट निर्णय गरेर संशोधनको पक्षमा मत राख्न आउँछौं।’