logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद्ले गर्‍यो नयाँ बजेट पारित


अंकुरण खबर
1.664K
Shares

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ । बिहीबार दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट पारित गरेको हो ।

बजेट संसदमा पेस गर्नुअघि राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकअघि बालुवाटारमै योजना आयोगको बैठकले बजेट पारित गरिसकेको छ । योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

योजना आयोगले समेत बजेट पारित गर्दा अर्थमन्त्रीले बजेटको अंक खुलाएनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट वक्तव्य पढेपछि मात्रै बजेटको आकार खुल्नेछ । अर्थमन्त्रीले वाचन गरेको तथ्यांक राखेर बाँकी डकुमेन्ट प्रिन्ट गर्ने सांसदलाई बाँड्ने तयारी छ ।

बजेटको आकारलाई गोप्य राख्न अर्थमन्त्री डा.खतिवडाले उच्च सतर्कता अपनाएको बताइन्छ । चालु आर्थिक वर्षमा रु. १५ खर्ब ३३ अर्बको बजेट घोषणा गरिएको थियो । आगामी आर्थिक वर्षमा स्रोत व्यवस्थापन चुनौतिपूर्ण भएकाले बजेटको आकार ठूलो नहुने अनुमान गरिएको छ ।

संसदमा अर्थमन्त्री डा. खतिवडाले बजेट घोषणा गर्न ४ बजे समय तोकिएको छ ।