logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चौरजहारी घटना : दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग


अंकुरण खबर
858
Shares

प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका संसदहरुले उठेर बोल्ने समय माग गरेका हुन्।

कांग्रेसका सांसद मान बहादुर विश्वकर्माले पार्टी संसदीय समितिको गठन गर्न माग गरेको बताउँदै दलित सांसदको नेतृत्वमा तत्काल संसदीय छानबिन समिति गठनको माग गरेका हुन् । समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो।

सांसद विश्वकर्माले गृहमन्त्रीले गठन गरेको छानबिन समितिले न्याय दिन नसक्ने दावी गर्दै उक्त समितिलाई मान्यता पनि नदिने समेत बताए।

गत जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर-४ का नवराज विक १९ जनाको समूह लिएर चौरजहारी पुगेकोमा घटनामा ६ जनाको मृत्यु भएको थियो।