logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको मोडालिटी परिवर्तन गर्न उच्चस्तरीय समितिको बैठक बस्दै


अंकुरण खबर
819
Shares

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । लकडाउनलाई लिएर चौतर्फी आलोचना भएपछि नयाँ मोडालिटी तयार पारिएको हो ।

कम जोखिम भएका क्षेत्रमा सावधानी अपनाएर काम धन्दा सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी परिवर्तन गर्ने बारे छलफल गर्न आज कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ।

पहिलो चरणमा हाल संक्रमित नदेखिएका र जोखिम कम भएका जिल्लामा खुकुलो गर्ने तयारी छ । नयाँ खाका समितिबाट पारित भए क्याबिनेट बैठक बसेर अनुमोदन हुने छ।

यद्यपि संक्रमितहरुको संख्या बढिरहेका क्षेत्रमा भने कसरी लकडाउन जारी राख्ने भन्नेबारे विभिन्न कोणबाट छलफल हुने छ।