logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


अंकुरण खबर
676
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको महामारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले बैठकमा सरकारका काम कारबाहीका बारेमा पनि समिक्षा गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको छ । विशेष गरी कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप छ ।