logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीले आफ्नो भनाई फिर्ता लिनुपर्छ कि सांसदको पद छाड्नुपर्छ : कमल थापा


अंकुरण खबर
858
Shares

समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लो समय लगातार विवादित बयान दिँदै आएकी छिन्।

नेपालले नयाँ नक्सा जारी गर्नुअघि संसदमै भारत र चीनसँग नेपालले सोध्नुपर्ने भन्दै विवादित बयान दिँदै आएकी गिरी पछिल्लो समय लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै आएकी छिन्।

एक टेलिभिजन अन्र्तवार्तामा समेत गिरीले लिम्पियाधुरा नेपालको भूभाग नभएको बताएकी छिन्।

उक्त टिप्पणीलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले यस्तो व्यक्तिलाई संसदमा रहने नैतिक आधार नरहेको बताएका छन्।

थापाको यस्तो छ ट्वीट:

लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ’