logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक


अंकुरण खबर
845
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्दैछ।

दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ। आइतबार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच एक्लाएक्लै भेटवार्ता भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो।

गएको शनिबार नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो। आगामी आर्थिक वर्षको बजेटमा अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिए पछि शनिबार आकस्मिक बैठक बसेको थियो।

बैठकले संसदबाट निर्णय नभएसम्म एमसीसी अन्तर्गतका सवै काम रोक्ने निर्णय गरेको छ। बजेटको अनुसूची–१० मा एमसीसीबाट आगामी आर्थिक वर्ष ५ अर्ब ७४ करोड ७४ लाख आउने अनुमान गरिएको छ।

तर, यसबारे नेकपाले निर्णय नलिइसकेकाले तत्कालका लागि स्थगित गरिएको छ। आज बस्ने सचिवालय बैठकमा एमसीसीबारे छलफल हुने भएको छ। यस बाहेक स्थायी कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुनेछ।