logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस


अंकुरण खबर
1.768K
Shares

नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस९कोभिड(१९० रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाउने भएको छ।

बिहान १० बजे नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र दिने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले कोभिड १९ का सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र दिन लागेको जानकारी दिए। नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम नियन्त्रणमा सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको भन्दै आलोचना गर्दै आइरहेको छ।

प्रतिनिधि सभाको हिजोको बैठकमा कांग्रेस नेता गगन थापाले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए।