logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीलाई राष्ट्रियताविरुद्ध नबोल्न र संसदबाट हटाउन माग


अंकुरण खबर
1.872K
Shares

राष्ट्रिय युवा संघ नेपालले सांसद तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई राष्ट्रियता विरुद्ध जथाभावी नबोल्न चेतावनी दिएको छ।

संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण जनाउँदै युवा संघ नेपालले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्न खोजेको ठहर गरेको छ।

बुधबार बिहान विज्ञप्ति जारी गर्दै युवा संघ नेपालले सांसद गिरीको विवादित, अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम् देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

साथै संघले यस्तो गैर जिम्मेवार व्यक्तिलाई संसद सदस्यवाट अविलम्व फिर्ता बोलाउन पनि सम्बन्धीत राजनीतिक दललाई आग्रह गरेको छ।

विज्ञप्तिसहित: