प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको बम कारखाना फेला पारेको छ ।
ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईका अनुसार काठमाडौंमा उपत्यकाका दुई ठाउँमा विप्लव समूहको बम कारखाना फेला पारेको हो ।
प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार र ललितपुर महानगरपालिका ११ स्थित इखाछेबाट बम बनाउने कारखाना फेला परेको जनाएको छ ।
प्रहरीले ललितपुरबाट विप्लवका नेता ४१ वर्षीय श्याम भन्ने सानुराज बज्रचार्यलाई पक्राउ गर्दा यस्तो तथ्य खुलेको बताइएको छ ।
उनको साथबाट सकेट बम ३ थान, कटुवा पेस्तोल १ थान र नेकपा (बिप्लप समुह)संग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको र उल्लेखित सकेट बम ३ थान फेला पारेको थियो ।