सत्तारुढ दल नेकपाले बोलाएको सचिवालय बैठक अचानक स्थगित भएको छ।
आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
बैठक किन स्थगित भयो भन्ने बारे केही खुलाइएको छैन। अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित गरिएको हो।