logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीलाई सांसद र पार्टीबाट निकाला गर्ने तयारी


अंकुरण खबर
936
Shares

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट निकाला गर्ने तयारी उनको पार्टीले गरेको छ।

जनता समाजवादी पार्टी (जसपा)ले गिरीलाई सांसदबाट फिर्ता र पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्न लागेको हो।

सरकारले ल्याएको संविधान संशोधन विधेयक विरुद्ध संशोधन दर्ता गराएकी गिरीलाई सूचना फिर्ता लिन तथा सरकारी विधेयकको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको थियो। तर, पार्टीको ह्विपको उल्लंघन गरेपछि गिरीलाई हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ।

पार्टीका नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराई उपत्यका बाहिर भएकाले फर्कनासाथ गिरीबारे निर्णय लिइने जसपा नेताहरु बताउँछन्।

विवादास्पद अभिव्यक्ति दिँदै आएपछि गिरीमाथि कारवाही हुनुपर्ने माग पार्टीमा उठाउँदै आएका थिए। संयोग त के भने बाबुराम भट्टराई नेतृत्वमा रहेकै बेला गिरीमाथि अर्को ठूलो कारवाही अगाडी बढाइन् लागेको हो।

यसअघि सन् २०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरिता गिरी श्रम तथा रोजगार व्यवस्थामन्त्री थिइन्।

व्यवसायीहरूसँग ठूलो रकम पैसा लिएर वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक हटाएको आरोपपछि उनको मन्त्री पद फुत्किएको थियो।

तत्कालिन प्रधानमन्त्री भट्टराईले कार्यसम्पादन गर्न नसकेको, भ्रष्टाचार र अनियमितता गरेको आरोपमा गिरीलाई मन्त्री पदबाट बर्खास्थ गरेका थिए।

डा.भट्टराई अहिले जसपाको नेतृत्व तहमै छन्। भट्टराईको पालामै फेरि उनीमाथि अर्को कारवाही अगाडी बढ्न लागेको हो।