खेलकुद

रियललाई भ्यालेन्सियाको चुनौती

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानको रियल मड्रिडले आठौं स्थानको भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।

रियलको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १स्४५ बाट सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्नै पर्ने दबाब छ । शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दूरी कम गर्न रियलले जित निकाल्नु पर्नेछ ।

शीर्ष स्थानको बार्सिलोना २९ खेलबाट ६४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल ५९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आज नै हुने पहिलो खेलमा आलाभेसले पाँचौं स्थानको रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११स्४५ बाट सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै आलाभेस आफूलाई लिगमा १३ औँ स्थानमा पुर्‍याउने योजनामा छ । यता रियल सोसिडाड आफूलाई लिगको शीर्ष चारमा उकाल्ने योजनामा छ । एजेन्सी

Comment here