स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । तेस्रो स्थानको सेभिल्लासँग बराबरीमा रोकिएपछि बार्सिलोनालाई उपाधिमा कठीन भएको हो ।
बार्सिलोनाको कमजोरीसंगै रियल मड्रिडलाई भने फाइदा पुगेको छ। सेभिल्ला र बार्सिलोनाको यो गोलरहित बराबरीले ला लिगाको उपाधि दौड झनै खुला बनेको हो ।
यो खेलमा जीत हात पारेको भए बार्सिलोनाले रियल मड्रिडसँग ५ अंकको अग्रता बनाउने थियो । अब आइतबाररातिको खेलमा रियल सोसिडाडलाई हराउँन सकेमा रियल मड्रिडल बार्सिलोनासँग अंक बराबरी गर्ने छ ।
ला लिगा अन्तर्गत गएराति नै भएका अरु खेलमा भिल्लारियलले ग्रानाडालाई १–० ले हरायो भने मालोर्का र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।