logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भर्चुअल कार्यक्रम : पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि…


अंकुरण खबर
1.131K
Shares

सोमबार पर्यटनमन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेको कार्यक्रममा अश्लिल भिडियो बजेको छ।

नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ मार्फत भर्चुअल बैठक आयोजना गरेको थियो।

भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरेपछि एक्कसी पोर्न भिडियो बजेको हो। पयर्टटनमन्त्रीले बोल्न थालेको २ मिनेटपछि उक्त भिडियो बजेको थियो।

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’नामको आईडीबाट यस्तो हरकत भएको थियो।भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए।

पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो।

कार्यक्रममा देशभरीका पर्यटनमन्त्रीसँगै पर्यटन व्यवसायी, बोर्डका पदाधिकारी तथा पत्रकार गरी २ सयभन्दा बढी सहभागी थिए।

जुम एप महत्वपूर्ण बैठकका लागि असुरक्षित रहेको धेरैले बताउँने गरेका छन्। लकडाउन भएयता जुम एप चर्चामा आएको हो। मिटिङको आईडी र पासवर्ड धेरै सेयर हुँदा त्यहाँबाट अनाधिकृत रुपमा ह्याकरहरुले यस्तो हर्कत गर्ने गरेका छन्।