logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा


अंकुरण खबर
1.313K
Shares

सांसद राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनको भनाइ छ । ।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यहीन समितिमा बस्‍न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले बताए ।

उनले भने, ‘जता हेर्‍यो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ । यस्तो अबस्थामा लाज लागेर राजिनामा दिए।’