खेलकुद

बार्सिलोनालाई शीर्ष स्थान उक्लने मौका

स्पेनिस ला लिगाअन्तर्गत आज (मंगलबार) राति विभिन्न तीन खेल हुँदै छन् ।

आज हुने खेलमा दोस्रो स्थानको बार्सिलोनाले १०औं स्थानको एट्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लने योजनामा छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ अंक छ । समान अंक भएको रियल गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोनाले शीर्ष स्थानमा आफूलाई स्थापित गर्नेछ । यता एट्लेटिक पनि आजको खेलमा जित निकाल्दै एक स्थानमाथि उक्लने योजनामा छ ।

आजै हुने अर्को खेलमा भालाडोलिडले गेटाफेसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११ः१५ मा सुरु हुनेछ । सोही समयमा लेभान्टेले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दै छ । एजेन्सी

Comment here