सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ। पटक पटक स्थगित हुँदै आएको बैठक आज बसेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय छ।
बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सरकारको कामकारवाही र एसमसामयिक विषयमा छलफल हुने हुनेछ।
बैठक बस्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच यसअघि स्थायी कमिटी बैठकका एजेन्डाबारे मंगलवार छलफल भएको थियो ।
विवादित सम्झौता एमसीसीबारे नेकपाले निर्णय गर्न नसक्दा संसद्को कार्यसूचीमा एमसीसीले प्रवेश पाएको छैन।
गत वर्षको पुस पहिलो साता बसेको स्थायी कमिटी बैठक त्यसयता बस्न सकेको थिएन।