logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघले जलायो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी


अंकुरण खबर
1.17K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन्।

नेविसंघ आवद्ध विद्यार्थीको टोलीले उपकुलपतिको कुर्सी सडकमा निकालेर जलाएका हुन। नेविसंघले त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

त्रिवि अन्तर्गतका विभिन्न संकायका डीन र क्याम्पस प्रमुखमा नेकपा समर्थकमात्रै नियुक्त गरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।

आफुहरु तालावन्दी गर्न जाँदा दुर्व्यवहार गरिएपछि कुर्सी जलाएको नेविसंघका नेताले दाबी गरेका छन् ।