logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन


अंकुरण खबर
1.3K
Shares

दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको लागि निवेदन परेको छ।

दर्ताको निवेदन कसले दियो भन्नेबारे आजको नेकपा स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रकै सदस्यले हो वा बाहिरका व्यक्तिले दर्ताको लागि आवेदन दिएको जानकारी हुन नसकेको बैठकपछि बताए।

यसबारे आजको बैठकमा नेताहरुले गम्भीर चासो व्यक्त गरेका थिए। प्रवक्ता श्रेष्ठले निवेदनका सम्बन्धमा अर्को बैठकमा पनि छलफल हुने जानकारी दिए।

आजको बैठकमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पनि छलफलको विषय बन्यो।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भारतसँग मिलेर आफूलाई सरकारबाट हटाउन खोजेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सदस्यहरुले स्पष्टिकरण मागेका थिए।

अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, जनार्धन शर्मा, भीम आचार्यलगायतका नेताले धारणा राखेका थिए।

अर्को बैठक भोलि ११ बजे बालुबाटारमै बस्नेछ।