नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।
बिहीवारको स्थायी कमिटी वैठक रोकेर छलफलमा जुटेका ओली प्रचण्डको भेट सकिएको हो । प्रचण्ड केही समयअघि मात्रै भेट सकेर निस्किएका छन्।
बालुवाटारबाट निस्किएका प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्। प्रचण्ड शीतल निवास आइपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।