logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

राष्ट्रपति भेटेर नेकपा अध्यक्ष दाहाल शीतल निवासबाट बाहिरिए


अंकुरण खबर
1.703K
Shares

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किएका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए। राष्ट्रपति भण्डारीसँग भेटेर फर्केलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले आजैबाट संसद् अधिवेशन अन्त्य गर्न संघीय संसद् सचिवालयमा पत्राचार गरिसकेकी छन्।