स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिया रियललाई पराजित गरेको छ ।
आईतबार राति बार्सिलोनाले भिया रियललाई ४-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा पाउ टोरेसको आत्मघाति गोलबाट बार्सिलोनाले अग्रता बनाएका थियो । जेरार्ड मोरिनोले १३ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
लुईस स्वारेजले २० औं मिनेटमा पुन बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई ३-१ ले अघि बढाए । खेल सकिन चार मिनेट बाँकी हुँदा अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।
जितसँगै बार्सिलोनाले ३४ खेलमा ७३ अंक जोडेको छ । लिग लिडर रियल मड्रिडले ३४ खेलमा ७७ अंक जोडेर लिगको शिर्ष स्थानमा छ ।
भिया रियल क्लब ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।