logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी पीडितको तत्काल उद्धारमा जुट्न प्रचण्डको आग्रह


अंकुरण खबर
715
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकलगायत जिल्लामा गएको बाढीपहिरोमा परेकाहरूको उद्धारमा जुट्न आग्रह गरेका छन्।

बिहीबार सिन्धुपाल्चोक बाह्रबिसेमा गएको पहिरोमा परी २ जनाको मृत्यु र १४ जना बेपत्ता छन्। घाइतेहरूको अहिले उद्धार गरिँदैछ। प्रचण्डले मानिसहरू बाढी पहिरोबाट बिचल्लीमा परेकोले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई उद्धार तथा राहतमा सक्रिय हुन पनि आग्रह गरेका छन्।

‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहीन भएर बिचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु ,’ प्रचण्डले भनेका छन्।

उनले दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गरेका छन्।