logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ


अंकुरण खबर
767
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनलाई बुधबार कैलालीको धनगढी उप-महानगरपालिकाको बेलीबाट पक्राउ गरेको हो । उनीसँगै नेतृ पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको छ। दुवै पतिपत्नी हुन।

पुन नेकपाको सेती-महाकाली ब्यूरो इन्चार्ज समेत रहेका छन् भने धामी अनेमसंघकी केन्द्रीय सदस्य हुन्। उनीहरुलाई कैलालीकै फूलबारी क्षेत्रबाट पक्राउ गरिएको सूदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।

उनीहरुको साथबाट प्रदेश २-०३-००५ प ९५९७ नम्बरको मोटर साइकल, एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्‍ने एक राउन्ड गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुसँग सोधपुछ भइरहेको जनाएको छ।