सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटारबाट निस्किएका छन्।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल सँग छलफल गरी नेता नेपाल बाहिरिएका हुन्।
नेता नेपाल बाहिरिए पनि दुई अध्यक्ष बीच भने वार्ता जारी छ। दुई अध्यक्ष सँग महासचिव बिष्णुप्रसाद पौडेल र स्थायी कमिटीका नेता जनार्दन शर्मा पनि सहभागी छन्।
नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार, निर्धारित योजना अनुसार नै नेता नेपाल बाहिरिए पछि चार जना बीच वार्ता शुरु भएको हो।
असार १० बाट स्थायी कमिटी शुरु भएसँगै ओली–दाहाल बीच भने ‘वान अन वान’ वार्ता हुँदै आएको छ। तर, दुई जना बीचको वार्ताबाट निकास नआए पछि बरिष्ठ नेता नेपाल सहित छलफल भएको छ।
२६ असारमा एक साताका लागि स्थगित गरिएको नेकपा स्थायी कमिटी बैठक साउन २ गते अर्थात भोली बस्दैछ।