नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वसभापति वीपी कोइराला सानो देशको ठूलो नेता रहेको बताएका छन्।
वीपीको ३८ औं स्मृति दिवसमा कांग्रेसको प्रचार विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वीपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी नेता रहेको बताए।
देउवाले भने‘ वीपी समाजवादको प्रणेता, साहित्यकार, राष्ट्रवादी नेता हुनुहुन्थ्यो। त्यही भएर मैले भन्ने गरेको छु, वीपी सानो देशको ठूलो नेता हुनुहुन्थ्यो । ’वीपीले आफ्नो जीवनकालमा लोकतन्त्रका लागि लडाइँ लडेको उल्लेख गर्दै देउवाले वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको बताए।
कांग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी वीपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ।