logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने


अंकुरण खबर
715
Shares

नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय खेलकुद विभागको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलकुद विभागका प्रमुख तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले खेलकुद क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले सागमा स्वर्ण पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको बताए ।

विभागको सोमबार साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख बस्नेतले खेलाडी सम्मानको जानकारी गराएका हुन्।

तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए।