logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पूर्वसांसद तथा कम्युनिष्ट नेता बर्मन बुढाको निधन, प्रचण्डद्धारा दुःख व्यक्त


अंकुरण खबर
715
Shares

पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ।

उनको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ।

रोल्पाको थवाङ घर भएका उनको ९० वर्षको उमेरमा निधन भएको हो। उनको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो।

बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए। जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए। त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए।

तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत बर्मन बुढा होमिएका थिए। माओवादी पार्टीमा आएको विभाजनप्रति उनी असन्तुष्ट थिए।

बुढाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्ति गरेका छन्। बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको भन्दै प्रचण्डले भावपूर्ण श्रद्धाञ्जली व्यक्ति गरेका छन्।

115892596 597798177467274 8319842419308803908 n