logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आइपिएल टी–२० क्रिकेट युएईमा, १९ सेप्टेम्बरदेखि खेल


अंकुरण खबर
1.443K
Shares

इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

आइपिएल यसपटक भारतमा नभई युएईमा हुनेछ ।  १९ सेप्टेम्बरदेखि सुरु हुने लिगको फाइनल ८ नोभेम्बरमा हुनेछ ।

भारतीय क्रिकेट बोर्डले आधिकारिक जानकारी नदिए पनि आइपिएल ५१ दिन चल्नेछ । यसअघि पहिले ४४ दिनको तालिका निस्केको थियो ।  बिहीबार न्यूज एजेन्सीले जनाए अनुसार अर्को हप्ता बीसीसीआईले मिति तय गर्नेछ ।

बीसीसीआईले भारतले अष्ट्रेलिया भ्रमण गर्न पर्ने भएकाले त्यसअघि सकाउन एक हप्ता अगाडि नै सकाउने गरी तालिका बन्नेछ ।  २० अगष्ट मै सबै टिम युएईमा पुग्नेछन् । ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली स्पीन बलर सन्दीप लामिछानेले यसपटक पनि दिल्ली क्यापिटल्सबाटै खेल्नेछन् । उनी यसअघिका दुई वटा सिरिज दिल्लीबाटै खेलेका छन् । सन्दीपलाई दिल्लीले तीन वर्षका लागि सम्झौता गरेको थियो ।