आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको कार्यसूचि रहेको छ ।
सदस्य सचिव नियुक्ति लगायतका एजेण्डामा निर्णय गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
नयाँ खेलकुद ऐनअनुसार, राखेप पदाधिकारी विहीन बनेको छ । नयाँ ऐनको व्यवस्थाअनुसार सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। तीन जनाको नामबाट एक जनालाई सदस्य सचिवमा नियुक्ति गरिने स्रोतले जनाएको छ ।
निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगर रहेका छन् ।