logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका लेग स्पिनर सन्दीप लामिछाने चार्टर्ड उडानबाट सीपीएल खेल्न जाने


अंकुरण खबर
1.209K
Shares

नेपालका लेग स्पिनर सन्दीप लामिछाने चार्टर्ड उडानबाट क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जाने भएका छन्।

सीपीएलमा कीर्तिमानी रकममा अनुबन्धित सन्दीपलाई सरकारले चार्टर्ड उडानमार्फत् पठाउने भएको हो।

“मन्त्रालयले चार्टर्ड उडानबाट पठाउने भनेको छ। कहिले र कुन उडान भन्ने दुईरतीन दिनभित्र टुंगो लाग्छ”, सन्दीपका व्यावस्थापक रमण  शिवाकोटीले भने।

बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो। तर, युवा तथा खेलकुद मन्त्रालय र पर्यटन मन्त्रालयले विदेशमा रहेकाहरुलाई उद्धारका लागि गरिने चार्टर उडानमै सन्दीपलाई ट्रिनिडाड एण्ड टोबागो पठाइदिने भएको छ।

२ भदौंबाट शुरु हुने लिगका लागि सन्दीप १७ साउनमा त्यहाँ पुगिसक्नुपर्छ। त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सीपीएल खेल्नेबारे नै अन्योल भएको थियो।

सन्दीपलाई जमैका तलावाहसले एक लाख ३० हजार अमेरिकी डलर ९रु।एक करोड ५६ लाख० मा अनुबन्ध गरेको छ।