प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्ने तयारी भइरहेको छ ।
बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाको मूल्याकंन र भावी कार्ययोजना बारेमा समेत चर्चा हुने बताइएको छ ।
विशेषगरी लकडाउन अन्त्य भएसँगै देशभर फैलिरहेको कोरोना संक्रमणको अवस्था र त्यसलाई नियन्त्रण गर्न चाल्नु पर्ने विषयमा बैठक केन्द्रित हुनसक्ने बताइएको छ । मन्त्रिपरिषदले कोरोना नियन्त्रणका लागि आवश्यक निर्णय समेत लिन सक्नेछ ।
संक्रमणका घटना बढेपछि स्वास्थ्य मन्त्रालयले हालै निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर-बिजोर लागु गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) प्रस्ताव गरेको छ ।