logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन प्रधानमन्त्री ओलीको आग्रह


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीले कोरोना संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरे ।

उनले भने , ‘जनचेतना जति बढाउन सकिन्छ, कोरोनासँग लड्न त्यति सजिलो हुन्छ । सरकारले गर्ने कामले मात्रै कोरोना नियन्त्रण गर्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले कोरोना महामारी सबैका लागि चुनौति भएको औल्याए । उनले सामाजिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

छलफलमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाव मात्रै लिएर नहुने बताए । उनले विज्ञहरुले दिएका सुझाव कार्यान्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

छलफलमा विभिन्न दलका नेता र विज्ञहरु सहभागी रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको ।