logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको प्रश्‍न, महामारीमा ४५० जनाको केन्द्रीय कमिटी कहाँ बस्ने ?


अंकुरण खबर
1.456K
Shares

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक माग भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बालुवाटारमा विज्ञहरु प्रतिपक्षी दलका नेताहरुसहितको छलफलका क्रममा सरकारले २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएको बेलामा आफ्नै पार्टीमा ४५० जनाको केन्द्रीय समिती बैठक माग भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरून्त चाहियो भनेर भनिरहेका छन्’ ओलीले भने,‘ कहाँ बस्ने होरु के गर्ने हो ?  त्यस्तो सोच केही पनि छैन । तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो । त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरबाही, बेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृति निकै व्यापक रूपमा देखिन्छ ।’

संकटको यस्तो परिस्थितिमा पनि केही सरकारको विरोधमा तल्लिन भएको ओलीको भनाइ छ ।