logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डको परिवारमा सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.378K
Shares

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ ।