logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका विभागहरुमा देउवाले गरे मनोनयन


अंकुरण खबर
728
Shares

कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् ।

गएराति देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् । पहिले गठन भएको तरुण र खेलकुद विभागमा समेत केही सदस्य देउवाले थप गरेका छन् ।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले धमाधम विभाग गठन गरिरहेका हुन् । कांग्रेसको विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था छ ।

तर सभापति देउवाले भने चार बर्षे कार्यकाल सकिएर महाधिवेशन तयारी भैरहेको समयमा विभाग गठन अघि बढाएपछि कांग्रेसमा विवाद चर्किएको छ । देउवाले २० वटा विभाग र १३ वटा विभागमा सदस्य मनोनित गरिसकेका छन ।